dengue

हङकङको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला नेपाली युवा टोलीले जितेको छ।

आज भएको दोस्रो खेलमा हङकङलाई २ सय २६ रनले हराउँदै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो।

Jhada

नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको हङकङ २९ ओभर ४ बलमा ७१ रनमै अलआउट भयो। हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै १६ रन बनाए। हङकङका सात जना खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका दयानन्द मण्डलले ४ विकेट लिए।

यसअघि मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९७ रन बनायो। नेपालका सोहेल कुँवरले ८१, सन्तोष यादवले नटआउट ६६ रन बनाए । हङकङका डेनेल मापले ३ विकेट लिए।

पहिलो खेल नेपालले ३ विकेटले जितेको थियो। नेपाल र हङकङको १९ वर्षमुनिको तेस्रो तथा अन्तिम खेल पर्सि शुक्रवार हुनेछ। १९ वर्षमुनिको विश्वकप एशिया छनोटको तयारीका लागि नेपाल र हङकङबीच यो शृङ्खला भइरहेको हो। विश्वकप एशिया छनोट आउँदो वर्षको अप्रिलमा काठमाण्डौमा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय