dengue

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत इलिमिनेटर राउन्डको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ।

बुधबार बिहान त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १७५ रन जोड्न सफल भएको हो।

Jhada

खेलमा कर्णालीका विलियम बोसिस्टोले नेपाल प्रमियर लिगअन्तर्गत चितवन राइनोज विरुद्धको खेलमा अर्धशतक पूरा गरेका छन्। उनले ३ चौका र २ छक्काको मद्दतमा ३९ बलमा ५२ रन जोडका थिए।

यसअघि आजकै खेलमा जयकिसन कोलसावालाले पनि अर्धशतक पूरा गरेका थिए।

३९ बलमा ६ चौका र २ छक्काको मदतमा उनले ५३ रन बनाएका थिए।

कर्णाली याक्सका चाडविक वाल्टन भने ४ रनले अर्धशतक बनाउनबाट चुके।

बलिङतर्फ चितवनका सोयल तनवीरले २ विकेट लिँदा शरद भेस्वाकर, रवि बोपारा र कुशल मल्लले समान एकएक विकेट लिएका थिए।

यो खेलबाट जित्ने टोली क्वालिफायर राउन्डमा पुग्नेछ।

बुधबारै क्वालिफायर राउन्डको पहिलो खेल सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्टसबीच दिउँसो १ बजे सुरु हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय