dengue

नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सका ओपनर आन्द्रियस गौस शतक बनाउने पहिलो ब्याटर बनेका छन्।

उनले शुक्रबार लुम्बिनी लायन्सविरुद्ध एनपीएलकै पहिलो शतक बनाएका हुन् । एनपीएलमा हालसम्म ११ अर्धशतक बनेका छन् ।

Jhada

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याइरहेको पोखराबाट गौसले ५४ बलमै १०० रन बनाए। यसक्रममा उनले १२ चौका र पाँच प्रहार गरे ।

जारी खेलको १६ ओभर सकिँदा पोखराले विकेट नगुमाई १०३ रन बनाएको छ। पोखराबाट हाल क्रिजमा गौससँगै रहेका दीनेश खरेलले ५२ रन बनाएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय