dengue

इंग्लिस ब्याटर रवि बोपाराले अर्धशतक चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार कर्णाली याक्सलाई १ सय ३१ रनको लक्ष्य दिएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङमा आएको राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ३० रन बनाएको हो।  बोपाराले ४० बलमा अविजित ५९ रन बनाए ।

Jhada

चितवनले पहिलो दुवै खेल जितेको छ भने कर्णालीले पहिलो दुवै खेल हारेको छ। चितवनले यसअघिका खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले र पोखरा राइनोजलाई ८७ रनले पराजित गरेको थियो। याक्स पहिलो दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले र गुर्खाजसँग ३ विकेटले पराजित भएको थियो।

कर्णालीले भुवन कार्कीको स्थानमा युनिस विक्रमसिंह ठकुरी र बाबर हायतको स्थानमा विलियम बोसिस्टोलाई खेलाएको छ । चितवनले हसन एइसाखिलको स्थानमा यान निकोलास लफ्टी इटोनलाई खेलाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय