dengue

नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले सहज जित निकालेको छ।

सुदूरले काठमाडौँ गुर्खाजलाई ७३ रनको फराकिलो अन्तरले पराजित गरेको हो।  १६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ ९४ रनका अलआउट हुन पुगेको हो। काठमाडौँले १५.४ ओभर खेल्दै पूरै विकेट गुमाएपछि फराकिलो अन्तरले पराजित हुन पुगेको हो।

Jhada

टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएर १६८ रनको लक्ष्य दिएको थियो।

टस जितेको काठमाडौंले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि स्कटिस ब्याटर ब्रान्डन मक्मलेनले अर्धशतक प्रहार गरेका थिए। उनले ३६ बलमा ५३ रन प्रहार गरे। त्यसका लागि उनले ३ चौका र ४ छक्का प्रहार गरे।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले जोडेको ४३ रन बनाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय