नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुरले तगाताल तेस्रो जित हासिल गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य जनकपुरले १७.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो।
पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बाेल्ट्सले सात विकेटको जित निकालेको हो। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर जनकपुरका कप्तान अनिल साहले फिल्डिङको निर्णय लिँदै पोखरालाई ब्याटिङको निम्तो दिएको थियो। पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले ७ विकेटको जित निकालेको हो।
एनपीएलमा जनकपुरको यो तेस्रो खेल हो। यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स र दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध समान आठ विकेटको जित निकालेको थियो।
प्रतियोगितामा पोखराको भने यो दोस्रो खेल हो। पोखराले यसअघि चितवन राइनोजसँग ८७ रनको हार व्यहोरेको थियो। पोखरा आज पहिलो जितको खोजीमा छ।
।