dengue

नेपाल प्रिमियर लिग (एनपीएल)मा बनेको कीर्तिमानी खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सविरुद्ध दुई विकेटको रोमाञ्चक जित निकालेको छ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले प्रस्तुत गरेको १९२ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा आठ विकेट गुमाएर पूरा गर्‍यो।

Jhada

विराटनगरका लोकेश बमले ७१ रन बनाएका थिए। बसिर अहमदले ४० रन बनाए। मार्टिन गुप्टिलले २८, क्रिस सोलले १४ रन दिलाए। अन्य खेलाडीले दोहोरो अंक बटुल्न सकेनन्।  लुम्बिनीका दुर्गेश गुप्ताले ३, साद बिन जफर र रेमन्ड सिमोन्सले समान दुई दुई विकेट लिए। विवेक यादवले एक विकेट लिएका थिए। लुम्बिनी इनिङमा पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा लुम्बिनीले १९१ रन बनाएको थियो। यो एनपीएलमा भएका खेलमध्ये अहिलेसम्मकै ठूलो लक्ष्य हो।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ४६ रन बनाए। उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरे।  टम मुर्सले ३०, अर्जुन साउद १७, आशुतोष घिरैया १५ र सन्दीप जोरा १२ रनमा आउट भए।

विराटनगरका लागि इस्मत आलम, सन्दीप लामिछाने र राजेश पुलामीले १–१ विकेट लिएका थिए। यसअघि विराटनगरले जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय