नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले लगातार दोस्रो जित निकाल्ने क्रममा पोखरा एभेन्जर्सविरुद्ध ८७ रनको फराकिलो जित निकालेको छ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेटमा मैदानमा सम्पन्न खेलमा चितवनले प्रस्तुत गरेको १६२ रनको लक्ष्य पछ्याउने क्रममा पोखरा १३.२ ओभरमा ७४ रनमै समेटियो।
प्रतियोगितामा चितवनको यो लगातार दोस्रो जित हो। चितवनले यसअघि पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालको थियो। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोहेल तनविरले इनिङ्सको पहिलो ओभरमै ३ विकेट लिएका थिए। उनले पहिलो बलमै कुशल भूर्तेललाई आउट गरेका थिए।
रिजनले चौथो ओभरमा ओपनर दिनेश खरेल (१) सहित किरण ठगुन्ना (१) र माइकल लिस्कलाई शून्यमा आउट गरेका थिए। त्यसपछि पोखराको ७ रनमा हुँदा ६ र १७ रनमा हुँदा ७ विकेट गुमाएको थियो।
यसअघि पोखराले टस जितेपछि ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ६१ रन बनाएको थियो।