dengue

एनपीएल अन्तर्तग सोमबार भएको दोस्रो खेलमा जनकपुर बोल्टसले जित निकालेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा ओपनर तथा कप्तान अनिल शाहको उत्कृष्ट ब्याटिङको योगदानमा जनकपुरले जित दर्ज गरेको हो।

Jhada

जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको हो। प्रतियोगितामा जनकपुरको यो लगातार दोस्रो जित हो। यसअघि जनकपुरले पहिलो खेलमा विराटनगर किंङ्सलाई पनि आठ विकेटले नै हराएको थियो।

 

कप्तान अनिलकुमार साह र मार्की खेलाडी आसिफ सेखबीच पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी हुँदा जनकपुर बोल्ड्सले नेपाल प्रिमियर (एनपिएल) मा लगातार दोस्रो जित निकालेको हो।

जितसँगै शीर्ष स्थानको जनकपुरले दुई खेलबाट चार अंक पुर्‍याएको छ। कर्णालीले दिएको १४२ रनको लक्ष्य पछ्याउन जनकपुरलाई खासै समस्या भएन। उसले उक्त लक्ष्य १५.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो।

ओपनरद्वय अनिल र आसिफको पहिलो विकेटका लागि भएको ८४ रनको साझेदारीले नै जनकपुरलाई जितनजिक पुर्‍याएको थियो।

लेग स्पिनर मौसम ढकालले १०औं ओभरको चौथो बलमा डिप कभरमा रहेका आसिफलाई ३६ रनमा क्याच आउट गराए। २९ बल खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे। तर, उक्त ब्रेक थ्रुले जनकपुरलाई खासै असर गरेन। त्यसपछि अनिल र लाहिरू मिलान्थले ३३ रनको साझेदारी गर्दै जनकपुरको स्कोर १२.५ ओभरमा २-११७ को स्थितिमा पुर्‍याए।

त्यसपछि अनिल र जेम्स निसमले इनिङ्सलाई अगाडि बढाउँदै सानदार जित दिलाए। ४२ बल खेलेका अनिल ६ चौका र तीन छक्कासहित ६२ रनमा अविजित रहे। निसमले ८ बलमा दुई चौका र एक छक्कासहित १६ रन बनाए। कर्णालीका जिशन मक्सूद र मौषमले समान एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले तल्लो क्रमका अर्जुन घर्ती र कप्तान सोमपाल कामीको अर्धशतकीय साझेदारीमा १४१ रन बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय