नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार खेलिएको पहिलो खेलमा चितवन राइनोज विजयी भएको छ।
चितवन रनाइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले हराएको हो। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गुर्खाजले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ११ रन बनाएको थियो।
जवाफी ब्याटिङमा चितवन राइनोजले १७.१ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो। जारी प्रतियोगितामा चितवन राइनोज र काठमाडौँ गुर्खाज दुवैले आफ्नो पहिलो खेल खेलेका हुन्।