नेपाल प्रिमियर लिग (एनपीएपल) को ट्रफी सोमबार अनावरण गरिएको छ।
सुन्धारास्थित धरहारा परिषरमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रतियोगितामा सहभागी आठ फ्रेन्चाइज टोलीका मार्की खेलाडीले संयुक्तरुपमा ट्रफी अनावरण गरेका हुन्।
ट्रफी अनावरण कार्यकममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधारी, क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतको उपस्थिती थियो।
ट्रफीमा निमा शेर्पा र मिङ्मा शेर्पाले सगरमाथा क्षेत्रस्थित कालापत्थरबाट ल्याइएको ढुंगा राखिएको छ। ‘सगरमाथाको काखमा रहेको कालापत्थरबाट ल्याइएको ढुंगा ट्रफीमा राखिएको हो,’सचिव खड्काले भने, ‘यो नै मुख्य आकर्षण हो। यसले नेपालको प्राकृतिक सम्पदाको संरक्षण र प्रर्वधन गर्दै पर्यटनमा सहयोग पर्याउने आशा राखेका छौं।’
प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुष ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्स, कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्।