अमेरिकाविरुद्धको दोस्रो टी २० खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।
अमेरिकाको ग्रान्ड पेएरी स्टेडियमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन बनाएको हो। कुशल भुर्तेलको सानदार ब्याटिङसँगै नेपालले घरेलु टोली अमेरिकालाई दोस्रो टी–२० आई शृंखलामा १७१ रनको लक्ष्य दिएको हो।
कुशल भुर्तेलले अविजित रहँदै ५४ बलमा ७ चौका र ६ छक्कासहित ९८ रनको योगदान दिए।
नेपालको सुरुआत भने खराब ब्याटिङबाट भएको थियो। ओपनर आसिफ शेख १ रनमै पेभिलियन फर्किए। त्यसपछि नेपालको इनिङ्स अनिलकुमार साह र भुर्तेलको रह्याे। उनीहरुबीच दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भयो। अनिल ३१ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २५ रनमा आउट भए।