यो सिजनको च्याम्पियन्स लिग रियल मड्रिडले जितेको छ । योसँगै उसले यो १५ औँ चोटि जित हात पारेको हो ।
शनिबार राति इंग्ल्यान्डको लन्डनस्थित वेम्बली रङ्गशालामा भएको फाइनल भिडन्तमा जर्मन क्लब बोरूसिया डर्टमन्डलाई २–० गोलले पराजित गर्दै रियलले कीर्तिमानी उपाधि जितेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो ।
रियलका लागि अन्तिम खेल खेलेका टोनी क्रुसको कर्नर बलमा उनले हेडमार्फत गोल गरेका थिए ।
८३ मिनेटमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिसिङ गर्दा रियलले अग्रता दोब्बर पार्यो। डर्टमन्डका खेलाडीले गलत पास दिएको बलमा बेलिङघमले भिनिसियसलाई डिबक्समा सुन्दर पास मिलाएका थिए ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal