काठमाडाैँ –  इङ्लिस प्रिमियर लिगमा  आज राति नेपाली समयअनुसार १२ः३० बजे र १२ः४५ बजे दुई महत्वपूर्ण खेल हुँदै छन् । १२ः३० बजे हुने खेलमा चेल्सीले ब्राइटनको सामना उसैको मैदान गर्दै छ भने न्युक्यासल युनाइटेडले म्यान्चेस्टर युनाइटेडको सामना उसैको मैदानमा गर्दै छ । आजको खेलले उत्कृष्ट ६ मा पर्ने टिमको आँकलन गर्न सकिनेछ ।
न्युक्यासल युनाइटेड ३६ खेलबाट ५७ अङ्कसहित छैटौँ स्थानमा छ भने चेल्सी पनि ३६ खेलबाट ५७ अङ्क नै बटुलेर गोलअन्तरका कारण सातौँ स्थानमा रहेको छ । ३६ खेल नै खेलेको म्यान्चेस्टर युनाइटेड ५४ अङ्कसहित आठौँ स्थानमा रहेको छ । ब्राइटन समान खेलबाट ४८ अङ्क बटुलेर दशौँ स्थानमा रहेको छ ।
प्रिमियर लिगमा उत्कृष्ट चार टिमले अर्काे वर्ष हुने च्याम्पियन्स लिग खेल्नेछन् भने पाचौँ स्थानमा रहेको टिमले अर्काे वर्षको युरोपा लिग खेल्न पाउनेछ । चेल्सी र न्युक्यासल युनाइटेड पाचौँ स्थानको दौडमा छन् । ३७ खेल खेलिसकेको टोटनह्याम ६३ अङ्कसहित पाँचौँ स्थानमा रहेको छ । यदि टोटनह्यामले अन्तिम खेल गुमाउने र चेल्सी र न्युक्यासल युनाइटेड अबको दुवै खेलमा जित हासिल गरेको खण्डमा पाँचौँ स्थानमा को रहने भन्ने कुरा गोलअन्तरले निर्धारण गर्ने छ । यता पछिल्लो समय खराब लयमा रहेको म्यान्चेस्टर युनाइटेड पनि आफ्नो स्थान बढाउन प्रयासरत छ । यदि आजको खेलमा चेल्सी र न्युक्यासल युनाइटेड दुवैले हार व्यहोरे टोटनह्यामले युरोपा खेल्न पाउनेछ । त्यस्तै चेल्सी र न्युक्यासल युनाइटेडमध्ये कुनैले खेल हारेमा उक्त टिम पाँचौँ स्थानमा उक्लने सम्भावना सकिनेछ ।
उता लिग उचाल्ने होडमा रहेका आर्सनल र म्यान्चेस्टर सिटीको जम्मा दुई अङ्कको फरक छ । उपाधि कसले उचाल्ने भन्ने कुरा आइतबार हुने अन्तिम खेलले मात्र निर्धारण गर्नेछ । सिटीले ३७ खेलमा ८८ अङ्क जोडेको छ भने आर्सनलले समान खेलमा ८६ अङ्क जोडेको छ । सिटीले उपाधि उचाल्नका लागि अन्तिम खेल जित्नै पर्ने हुन्छ । यता आर्सनलले खेल जितेर सिटीले हार व्येहोर्याे वा बराबरी खेल्यो भने पनि उपाधि आर्सनलको पोल्टामा पर्नेछ ।
यसपालि लिगमा ब्रुन्ली र शेफिल्ड युनाइटेड रेलिगेसनमा परिसकेका छन् । उनीहरू गत सिजनमा मात्र प्रिमियर लिगमा उक्लिएका थिए । ३ वटा टिम रेलिगेसनमा पर्नेमा अर्काे टिम भने अन्तिम चरणमा हुने खेलले निर्धारण गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय