बलात्कारसम्बन्धी मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएसँगै विश्वकप टी -२० क्रिकेट टिममा सहभागी गराउने नगराउने विषयमा छलफल हुँदैछ।

विश्वकप टी -२० टोलीमा समावेश समावेश गर्ने/नगराउने बारे नेपाल क्रिकेट संघ (क्यान) ले निर्णय गर्ने तयारी गरेको छ।

उच्च अदालत पाटनले लामिछानेको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला उल्टाउँदै बुधबार सफाई दिएको हो। सफाई पाएसँगै संघले आज नै बोर्डको बैठक बसेर सन्दीपलाई टी–२० विश्वकपमा समावेश गराउने/ नगराउने बारे निर्णय गर्न लागेकाे हाे। जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघले क्रिकेट खेल्नबाट लामिछानेलाई प्रतिबन्ध लगाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय