काठमाडौं – गएराति क्रिष्टल प्यालेससँग ४-० को हार व्यहोरेपछि म्यान्चेस्टर युनाइटेडले आगामी सिजनमा युराेपा लिग पनि गुमाउने सम्भावना बढेको छ ।
यस सिजनको ३५ अौँ खेल्ने क्रममा पाउना टोलीका रूपमा प्यालेसको खेलमैदानमा उत्रिएको युनाइटेडले हार व्यहोरेको हो । पहिलो हाफमा २-० ले पछि परेको युनाइटेडले दोस्रो हाफमा थप २ गोल खाएको थियो ।
३५ खेलबाट ५४ अङ्क जोडेको युनाइटेड तालिकाको आठौँ स्थानमा छ । समान अङ्क जोडेको चेल्सी गोदरलअन्तरले सातौँ स्थानमा रहेको छ । छैटौँ स्थानमा रहेको न्युक्यासल युनाइटेडको ३५ खेलबाट ५८ अङ्कसहित छैटौँ स्थानमा रहेको छ ।
इङ्लिस प्रिमियर लिगमा सुरुको चार टोलीले च्याम्पियन्स लिग खेल्छन् भने पाचौं र छैटौं स्थानमा रहेका टोलीले युरोपा खेल्न पाउनेछन् । यसरी हेर्दा आगामी सिजनमा आर्सनल, म्यान्चेस्टर सिटी, लिभरपुल र एस्टोन भिल्लाले च्याम्पियन्स लिग खेल्ने पक्काजस्तै भएको छ । पाँचौं स्थानमा रहेको टोटनह्यामको ३५ खेलबाट ६० अङ्क छ । यसरी हेर्दा युरोपा लिगमा टोटनह्याम, न्युक्यासल, चेल्सी र म्यान्चेस्टर युनाइटेडमध्ये २ टोलीले युरोपा लिगका लागि स्थान बनाउनेछन् ।
ताजा समाचार
लोकप्रिय
© 2025: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal