काठमाडौं – रियल मड्रिडले सिजन २०२३/२४ को स्पेनिस लिग ला लिगाको उपाधि जितेको छ । रियलको ३६ अौँ पटक ला लिगाको उपाधि चुमेको हो ।
२० वटा क्लब रहेको ला लिगामा हरेक टिमले एक सिजनमा ३८ खेल खेल्छन् तर रियलले ४ खेल बाँकी रहँदैमा लिग जितेको छ । आज राति भएको खेलमा क्याडिजलाई ३ गोलले हराएको रियलले ३४ खेलबाट ८७ अङ्क बनायो । दोस्रो स्थानमा रहेको बार्सिलोनाले जिरोनासँग ४-२ को हार ब्यहोरेर ७३ अङ्कसहित तेस्रो स्थानमा झरेको छ । जिरोना ७४ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । जिरोना र रियलले बिच १३ अङ्कको अन्तर भएपछि रियलको जित पक्का भएको हो ।
त्यस्तै चौथो स्थानमा रहेको एथलेटिको मड्रिडको ६७ अङ्क छ ।
ताजा समाचार
लोकप्रिय
© 2025: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal