वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ।
एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले पराजित गरेको हो। यससँगै ५ खेलको सिरिज नेपालले ३–२ ले गुमाएको छ। बिहीबार भएको खेलमा नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ को उपाधि जित्ने पक्का भएको थियो। वेस्ट इन्डिज ‘ए’ ले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि अनिल साह र आसिफ शेखले अर्धशतकीय पारी खेले।
यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिज ‘ए’ले पूरै ओभर खेलेर ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो।