काठमाडौं – लेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा बढुवा भएको छ । गत सिजन प्रिमियर लिगको रेलिगेसनमा परेर च्याम्पियनसिप खेलेको लेस्टर एक सिजनमा नै फेरि बढुवा भएको हो ।
इङ्ल्यान्डको प्रिमियर लिगपछि दोस्रो डिभिजनको च्यापियनसिपमा लिगमा २४ वटा क्लबहरू रहेका छन् । च्याम्पियनसिपमा सबै क्लबले ४६ खेल खेल्नुपर्दछ ।
लेस्टर सिटी ४४ खेल खेल्दै ९४ अङ्कसाथ तालिकाको पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको लिड्स युनाइटेडले ४५ खेल खेल्दै ९० अङ्कका साथ दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेको इप्सविच ले ४३ खेल खेल्दै ८९ अङ्क जोडेको छ ।
च्याम्पियनसिपबाट हरेक सिजन ३ वटा क्लबहरू प्रिमियर लिगमा बढुवा हुन्छन् । तालिकाको पहिलो र दोस्रो स्थानमा रहने क्लब सोझै बढुवा हुन्छन् भने तेस्रो क्लबका लागि तेस्रो देखि छैटौँ सम्म रहेका क्लबहरूले प्रमोसन प्ले अफ खेलेर स्थान बनाउँछन् ।
यसरी तालिका हेर्दा लेस्टर सिटी अबको सबै खेल हारे पनि कम्तीमा दोस्रो हुने भएपछि प्रिमियर लिगमा बढुवा भएको हो । दोस्रो स्थानको लिड्सले १ खेल्न बाँकी छ र ४ अङ्कको दुरी छ । तेस्रो स्थानको इप्सविच ले ३ खेल्न बाँकी छ र लिस्टरसँग ५ अङ्कको दुरी छ ।
लिड्सले गएराति भएको खेलमा क्विन पार्कस् सँग ४-० ले हारेपछि लेस्टरलाई २ खेल अगाडि नै बढुवा हुन सहज भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय