एसीसी प्रिमियर कप टी–२० खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई १ सय २० रनको लक्ष्य दिएको छ।
ओमनमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १९ रन जोडेको हो।
आजको खेलमा नेपालका लागि सन्दीप जोराले अर्धशतक बनाए भने अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्।