काठमाडौँ – साबित विजेता इङ्लिस क्लब म्यान्चेस्टर सिटी यसपटकको च्याम्पियन्स लिगबाट बाहिरिएको छ । आफ्नो घरमा १–१ को बराबरी खेलेपछि ट्राइबेकरमा ३–४ गोलले हार बेहोर्दै क्वाटर फाइनलबाट बाहिरिएको हो ।
सिटीका विरुद्ध मैदानमा उत्रिएको रियल मड्रिडका खेलाडी रोड्रिगोले १२ औँ मिनेटमा गोल गरेर अग्रता लिए पनि खेलको ७९ औँ मिनेटमा सिटीका खेलाडी केभिन डि ब्रुइनाले गोल गरेपछि खेल बराबरीमा फर्किएको थियो । निर्धारित ९० मिनेटमा खेल बराबरी भएपछि थपिएको समयमा पनि कुनै टिमले गोल गर्न सकेन र खेल ट्राइबेकरमा गएको हो ।
पेनाल्टी सुट आउटमा सिटीका लागि कोभाकिक र बर्नान्डो सिल्भाले गोल गर्न सकेनन् भने रियलका लागि लुका मुड्रिकले गोल गर्न सकेनन् ।
उता अर्काे खेलमा आर्सनलले पनि सेमिफाइनमा स्थान बनाउन सकेन । जर्मनी क्लब बायर्न म्युनिकसँग समग्रमा ३–२ को नतिजा निकाल्दै आर्सनल बाहिरिएको हो । बायर्नका लागि १ गोल जोसुआ किमिचले खेलको ६३ औँ मिनेटमा गरेका थिए ।
क्वार्टर फाइनलको पहिलो लिगमा सिटी र रियलको तथा बायर्न र आर्सनलको खेल बराबरीमा रोकिएको थियो ।
अब सेमिफाइनलमा रियल मड्रिड र बायर्न म्युनिकबिच र अर्काे खेल पिएसजी र डर्टमन्टबिच हुनेछ ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal