काठमाडौँ – स्पेनिस क्लब बार्सिलोना यसपटकको च्याम्पियन्स लिगबाट बाहिरिएको छ । आफ्नो घरमा ४–१ को हार बेहोरेपछि समग्रमा पेरिस सेन्ट जर्मन(पिएसजी)सँग ४–६ को हार बेहोर्दै क्वाटर फाइनलबाट बाहिरिएको हो ।
उता अर्काे स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पनि सेमिफाइनमा स्थान बनाउन सकेन । जर्मनी क्लब बोरुसिया डर्टमन्ड क्वार्टर फाइनलको दोस्रो लिगमा ४–२ को हार खाँदै समग्रमा ५–४ को नतिजाबाट बाहिरिएको हो ।
क्वार्टर फाइनलको पहिलो लिगमा पिएसजी र डर्टमन्ड दुवैले हार बेहोरेका थिए ।
बार्सिलोनाले पहिलो लिगमा ३–२ को जित दर्ता गरे पनि दोस्रो लिगमा आफूलाई अब्बल साबित गर्न नसक्दा बाहिरिएको हो । गए राति भएको खेलमा खेलको १२ औँ मिनेटमा राफिन्हाले बार्साका लागि पहिलो गोल गरेका थिए । ४० औँ मिनेटमा डेम्बेलेको गोलबाट खेललाई बराबर बनाएको पिएसजीले दोस्रो हाफमा ३ गोल गरेपछि खेल उल्टिएको हो । दोस्रो हाफमा पिएसजीका लागि ५४ औँ मिनेटमा भिटिन्हाले गोल गरे भने ६१ औँ र ८९ औँ मिनेटमा एम्बाप्पेले गोल गरेका थिए ।
उता अघिल्लो लिगमा एक गोलले पछि परेको डर्टमन्डले पनि आफ्नै मैदानमा चामत्कारिक खेल प्रस्तुत गरेपछि सेमिफाइनलको बाटो पक्का गरेको हो । डर्टमन्डका लागि ३४ औँ मिनेटमा जुलियन ब्रान्टले, ३९ औँ मिनेटमा लान माटसेनले, ७१ औँ मिनेटमा निकलस फ्युलक्रगले र ७४ औँ मिनेटमा मार्सेल सबिट्जेर गरे ।
आज राति क्वार्टर फाइनलकै दोस्रो लिगअन्तर्गत रियल मड्रिड र म्यान्चेस्टर सिटी भिड्नेछन् भने अर्काे खेलमा आर्सनल र बार्यन आम्मेसाम्मे हुनेछन् । अघिल्लो लिगमा रियल मड्रिड र म्यान्चेस्टर सिटी ३–३ गोलको बराबरीमा छन् भने आर्सनल र बार्यन २–२ गोलको बराबरीमा छन् ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal