सरकारले संसदकाे चालु अधिवेशन आगामी वैशाख २ गते मध्यरातदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा संसदीय छानमिन समिती माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्द गरेपछि सकारले अधिवेशन नै अन्त्य गर्ने सिफारीस गरेको हो ।
यस्तै मन्त्रीपरिषद बैठकले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको छ। यसैगरी संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ। बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको छ। समितिमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्ष छन्।

समितिको सदस्यहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको शर्माले जानकारी दिइन्।
बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा अन्जान शाक्यलाई मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय