काठमाडाैँ – प्रतिनिधिसभाको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेको कुरा नसुन्ने बताएको छ । संसदीय छानबिन समिति गठनबेगर गृहमन्त्रीको कुरा नसुन्ने कुरामा अडान राखेको हो । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन् ।

पत्रकारले गृहमन्त्रीलाई बोल्न किन नदिएको भन्ने प्रश्नमा लेखकले भने, “हामीले प्रधानमन्त्रीको कुरा सुन्यौँ । प्रधानमन्त्री यो सरकारको मुखिया हो । उहाँको कुरा सुनेपछि अर्को मन्त्रीको कुरा सुन्ने कुरा आउँदैन । मन्त्रीको अर्को कुरा आउने होइन किन सुन्ने ?” त्यससँगै आजको बैठकले तत्काल नेपाली कांग्रेसको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णयसमेत गरेको उनले बताए ।

आफ्नो माग सम्बोधन नभए संसद् बैठक अवरुद्ध हुने र त्यसको जिम्मा सरकारले लिनुपर्ने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय