सभामुखले बोलाएको बैठक बिना निष्कर्ष टुङ्गीएपछि नेपाली काँग्रेसले सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने बताएको छ। गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा छानबिन समिति बनाउन निरन्तर माग गरिरहेको कांग्रेसले सदन अवरुद्ध भए सरकाले जिम्मा लिनुपर्ने बताएको छ । संसद्मा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहालसहित दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका थिए । उक्त छलफल बिना निष्कर्ष टुंगिएको छ ।
बैठकपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले अहिलेसम्म कांग्रेसले सदाशयतापूर्वक प्रस्तुत भए पनि अब सदन अवरुद्ध भए सरकारले जिम्मा लिनुपर्ने उनको भनाइ छ ।
‘अहिलेसम्म हामीले संसद्लाई अवरुद्ध गरेका छैनौँ । सरकार गैरजिम्मेवार ढंगले प्रस्तुत हुँदै छ । सरकार यतिका नागरिकको विचल्ली भएको छ, त्यसप्रति संवेदनशीलरगम्भीर हुन सकेको छैन । हामीले संसदीय छानबिन समितिको न्यूनतम माग्दा पनि सरकार तयार नभएकाले अब संसद्मा कुनै बैठक र कामकारबाही अवरुद्ध भए भने त्यसको जिम्मा सरकारले लिनुपर्छ ।’ प्रमुख सचेतक लेखकले भने ।
प्रतिनिधिसभाको अर्को बैठक मंगलबारका लागि बोलाइएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024: मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Maintained by: saastechnepal