गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारी नियुक्त भएका छन् ।
अधिकारीलाई गण्डकी प्रदेश प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्मन्त्रीमा नियुक्त गरेका हुन् । अधिकारी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । अधिकारी एमाले गण्डकी प्रदेश संसदीय दलका नेता हुन् । एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र सांसद राजीव गुरुङ गरी ३१ जना सांसदको समर्थन पत्रसहित मुख्यमनत्रीको दाबी प्रदेश प्रमुखसमक्ष गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय