नेपाली कांग्रेसले उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ।
इलाम २ को प्रतिनिधिसभा निर्वाचन परिचालन कमाण्डरमा महामन्त्री विश्वप्रकाश शर्मा तोकिएका छन् । त्यस्तै बझाङ प्रदेशसभाको लागि चुनावी कमाण्डर एनपी साउद तोकिएका छन् ।
आगामी वैशाख १५ गते इलाम २ मा प्रतिनिधिसभा निर्वाचन र बझाङमा प्रदेशसभाको निर्वाचन हुँदैछ। कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ भने बझाङको प्रदेशसभाका लागि अभिषेक सिंहलाई उम्मेदवार बनाएको छ ।