लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।
प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता जोखमबहादुर महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीसमेत गरेका छन् । त्यसका लागि सत्ता साझेदार दलका नेताहरुबीच छलफल भइरहेको छ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदसहित दशवटा मन्त्रालय छन् ।