काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले इलाम २ मा हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । पार्टीको काठमाडौं क्षेत्र नम्बर २ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सिंगो पार्टी पंक्ति एकीकृत भएर लाग्ने हो भने सहज जित हुने दाबि गरे। विगतमा ११४ मतले हारेको सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा आफ्नो पार्टीले जित्न सक्ने जिकिर गरे ।
उनले बझाङको प्रदेश १ को उपनिर्वाचनमा पनि कांग्रेसले जित हासिल गर्न सकिने भएकाले एकतावद्ध भएर प्रचार अभियानमा जुट्नुपर्ने आवश्यकता औंल्याए ।

प्रवक्ता महतले पार्टीले जनताको पक्षमा गरेका कामको प्रचारमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय