काठमाडौं – नेपाली कांग्रेसले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछाको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ।

बुधबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका लागि अल्टिमेटम दिएको छ।  पार्टिको तर्फबाट बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।

५ वटा सहकारीबाट ५० हजार बढी बचतकर्ताको ८० करोड बढी रुपैंया गोरखा मिडियामा प्रवाह भएको विषयलाई लिएर शर्माले रास्वपाभित्र एउटा कोर टिम यस कार्यमा संलग्न रहेको बताएका छन्। उनि भन्छन्, ‘एउटा नयाँ बनेर आएको दलको उर्जालाई म सम्मान गर्दैगर्दा देश र दुनियाँले सुन्ने गरि के भन्न चाहन्छु भने त्यहाँभित्र एउटा कोर टिम छ जसले भित्र बसेर काम गर्छ,  र अर्काे डाेर टिम रहेछ जसले ढोकामा बसेर ढाकछोप गर्छ। अनी पूर टिम छ जो देशभरी बसेर रास्वपा जिन्दावाद भन्दै फेसबुकमा लेखिरहन्छ।’

यसअघि जुनसुकै पार्टिका जुनसुकै मन्त्रालय समालेका मन्त्री होस् या नेता सानो आरोप लागेपनि छानविन गर्न संसदीय समिति गठन गरिन्थ्यो भने यो पटक छानविन संसदीय समिति किन गठन गर्न नसकेको भन्दै शर्माले प्रश्न गरेका छन्।

त्यस्तै शर्माले जीवि राईलाई गृहमन्त्री लामिछानेले पक्राउ गर्न नचाहेको बताएका छन्। चर्को स्वरमा आकाश पातल जहाँ भएपनि खोजेर ल्याउने छौ भन्ने तर मलेसियामा रहेको जानकारी हुदाँहुदै पनि पक्राउ गर्न के कारण ढिला हुनुपर्ने भन्दै प्रश्न उठाएका छन्। लामिछाने र राईबिच फोन सम्पर्क भैरहेको तथ्य पनि कांग्रेससंग भएको उनले बताए।

प्रमुख प्रतिपक्षको सहमति बेगर र कार्यव्यवस्था परामर्श समितिमा बन्ने सहमति बेगर कुनै प्रस्तुति (प्रस्ताव) आकस्मिक रूपमा रोष्ट्रमबाट गर्न खोजियो भने त्यसलाई कठोर विमति रहने भन्दै सरकारले बलजफ्ती गरेर आए सदन नचल्ने शर्माले चेतावनी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय