काठमाडौँ – नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनका लागि अल्टिमेटम दिएको छ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले धारणा राख्दै यस्तो चेतावनी दिएका हुन्। शर्माले आफूले ५० हजार सहकारी पीडितको समेत आवाज उठाएको बताए।  ‘प्रतिनिधिसभाको आउँदो बैठकमा सरकारले संसदीय छानबिन समिति लिएर आओस्। हामी त्यो कुराभन्दा दायाँबायाँ उभिनेवाला छैनौँ,’ उनले भने, ‘आजबाट हाम्रो अल्टिमेट सकिएको पनि घोषणा गर्दछु। प्रतिपक्षको शालिनता कमजोरीका रूपमा नहेरियोस्।’

रवि लामिछानेप्रति लक्षित गर्दै प्रधानमन्त्री पद प्रस्ताव गरेको भए प्रमाण ल्याउन पनि शर्माले आग्रह गरे।

‘कहीँकतैबाट टेलिफोन आएको भन्ने छ भने म खारेज गर्छु,’ उनले भने, ‘सभापति वा महामन्त्रीहरूले संस्थागत निर्णय नगरीकन कसैलाई प्रधानमन्त्री प्रस्ताव गरेको भन्ने भ्रमबाट मुक्त हुन पनि आग्रह गर्न चाहन्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय