काठमाडौँ – बागमती प्रदेशसभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठक बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भए पनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण बैठक बस्न ढिलाइ भएको हो ।