काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाको स्थगित भएको ‘संवाद यात्रा’ पुनः सुरु हुने भएको छ। गत माघ २३ मा स्थगित भएको संवाद यात्रा चैत १५ बाट सुरु गर्न लागिएको हो । थापाले माघ १३ बाट झापाबाट संवाद यात्राको सुरु गरेका थिए तर कांग्रेस केन्द्रिय सदस्य केशवकुमार बुढाथोकीको निधनपछि सो यात्रा स्थागित भएको थियो। थापाको माघ १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । यात्राको क्रममा नवलपरासी पुग्दा बुढाथोकीको निधन भएपछि यात्रा रोकिएको थियो। त्यतिबेलासम्म्म थापाले १३ जिल्लामा यात्रा गरिसकेका थिए। रोकिएकै ठाउँबाट यात्रा सुरु हुने थापा सचिवालयले जनाएको छ। अब नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा हुनेछ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय