राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निष्कासनमा परेका पूर्वमहामन्त्री मुकुल ढकाललाई महामन्त्रीमा नै फर्काउनु पर्ने माग उठ्न थालेको छ।
कोशीका सभापति राजेश तिम्सिना र मधेशका सभापति तपेश्वर यादवले मुकुललाई महामन्त्रीमा फर्काउन माग गर्दै कार्यवाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन्।
तिम्सिनाले ढकाललाई पार्टीबाट हटाउनका लागि गरेको निर्णयको हस्ताक्षरसमेत फिर्ता लिएको उल्लेख गर्दै अर्याललाई पत्र लेखेका हुन्।
‘राइट टु रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु। यसर्थ, पार्टीमा डा. मुकुल ढकाललाई पुरानै जिम्मेवारी सहित फिर्ता बोलाउनुपर्छ भन्ने मत जाहेर गर्दछु,’ तिम्सिनाले पत्रमा लेखेका छन्।
ढकाललाई हटाउन गरेको हस्ताक्षर फिर्ता लिएको मधेशका महामन्त्री यादवले पनि लेखेका छन्। ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी भदौ ११ गते हटाएको थियो।
त्यसअघि असार २० गते रास्वपाले संस्थापक महामन्त्री एवम् प्रवक्ताको जिम्मेवारी खोसेको थियो।