dengue

नेकपा (एमाले)बाट निष्कासित भीम रावलले अन्ततः ५ दशकपछि कम्युनिस्ट पार्टीसँगको सम्बन्ध विच्छेद गर्ने भएका छन्।

एमालेबाट कारबाहीमा परेपछि रावलले कम्युनिस्ट पार्टी नै परित्याग गर्ने निष्कर्षमा पुगेका हुन्। उनले अन्य पार्टीका व्यक्तिहरूलाई तान्नका लागि गैरकम्युनिस्ट पार्टी बनाउने तयारी गरेका छन्। रावलले बुधबार मात्र नेपाली कांग्रेसबाट निकालिएका कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद तारा जोशीसँग नयाँ दल बनाउने विषयमा छलफल गरेका थिए। उक्त छलफलमा रावलले कम्युनिस्ट पार्टी गठन नगर्ने बताएका थिए।

Jhada

पुस १७ गते काठमाडौँको कार्की पार्टी बैंक्वेटमा पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्। उनीनिकट एकिन्द्र कुँवरले वाम, प्रजातान्त्रिक, प्रगतिशील र देशभक्तहरूको नयाँ पार्टी बन्ने बताएका छन्।

रावललाई गत पुस १० गते एमालेले संगठित सदस्यसमेत नरहने गरी कारबाही गरेका थियो। रावल ५१ वर्षअघि कम्युनिस्ट पार्टीमा जोडिएका थिए। ६९ वर्षीय भीम रावलले तत्कालीन नेता राधाकृष्ण मैनालीबाट पार्टी सदस्यता लिएका थिए।

२०३० सालबाट प्रगतिशील विद्यार्थी राजनीतितर्फ मोडिएका रावल पहिलो पटक पार्टीविहीन बनेपछि उनले कम्युनिस्ट कित्ता नै छोड्ने निष्कर्षमा पुग्ने भएका हुन्।

२०४७ सालमा तत्कालीन कृषिमन्त्री झलनाथ खनालको राजनीतिक सल्लाहकार बनेका थिए। रावल एमालेबाटै गृहमन्त्री र उपप्रधानसम्म बन्न सफल भए।

रावलले २०४८ सालको आमनिर्वाचनमै अछाममा टिकट पाएका थिए पनि चुनाव जितेनन्। २०५१ सालमा दोस्रो पटक भीम रावलले नै टिकट पाए चुनाव जिते।

चुनवापछि एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेपछि रावल नागरिक उड्डयन तथा पर्यटन राज्यमन्त्री बनेका थिए।

२०६६ जेठ ११ गते तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकार ढलेपछि एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा अर्को सरकार बन्यो। त्यति बेला रावल गृहमन्त्री बनेका थिए।

२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्यो। २०७८ फागुन २३ गते नेकपा एकता भंग भयो। यसपछि रावल तत्कालीन एमालेका अर्का नेता माधवकुमार नेपाल निकट रहेका थिए। तर नेपालले नयाँ पार्टी बनाउँदा रावल एमालेमै बसेपनि उनी अध्यक्ष ओलीको पेलानमा परिरहे।

२०७९ मंसिरमा भएको दसौं महाधिवेशनमा रावलले अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेपछि ओलीले अझ बढी पेलानमा पार्दै गए। रावलले २ सय २३ मत ल्याउँदा १८ सय ३७ मत ल्याएर ओली अध्यक्ष निर्वाचित भएका थिए। यसपछि कहिल्यै पनि यी दुई नेताबीच सहज सम्बन्ध बनेन। ओलीको पेलानबाट दिक्क भएका रावल अन्तत ५१ वर्षसम्म अपनाएको कम्युनिस्ट दर्शनलाई नै परित्याग गर्ने मोडमा पुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय