नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली देशकै जाली, झेली, कपटी र बेइमानी भएको आरोप लगाएका छन्।
सोमबार झापा पुगेका प्रचण्डले ओलीकै गृहजिल्ला झापामा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी। मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु,’ प्रचण्डले ओलीलाई भने, ‘जालझेलबाहेक उहाँको दिमागमा अरु केही छैन।’
साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने दाबी गरे। सम्बोधनको क्रममा प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएको जिकिर गरे।