dengue

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा रवि लामिछानेविरूद्ध ३ करोड ३७ लाखको बिगो कायम गर्दै मुद्दा दायर भएको छ।

सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालत कास्‍कीमा दर्ता गरेको अभियोगपत्रमा लामिछानेसँग ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको हो। अपचलन गरेको रकम बराबर नै बिगो मागदाबी गरिएको हो।

Jhada

सहकारी ठगीमै छविलाल जोशीविरूद्ध ५ करोड २६ लाख ६५ हजार रुपैयाँ बिगो माग गरिएको छ। जीबी राई अध्यक्ष रहेको गोर्खा मिडिया नेटवर्कमा रवि र छवि पनि साझेदार थिए।

अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान महासचिवसमेत रहेका दिपेश पुनविरूद्ध सहकारी ठगीमा मात्रै २ करोड १४ लाख ८ हजार ८४३ रुपैयाँको बिगो माग गरिएको छ।

सरकारी वकिल कार्यालयले रवि लामिछानेको सम्पत्ति शुद्धीकरणमा पनि २७ करोड ८९ लाख ४४ हजार ७०५ को बिगो माग गरेको छ। लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कुल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी गरेको छ।

सम्पत्ति शुद्धीकरणमै पूर्वडीआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा सोही बराबरको रकम मागदाबी गरेको हो।

स्रोत नखुलेको रकम असुल गर्नका लागि रवि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, लिला पछाई, उनकी आमा राधा पछाई, दिदी गिता पछाई, पूर्व डिआइजी छविलाल जोशी, उनकी श्रीमती पद्मा जोशी बन्जाडे र छोरा रोचक जोशीको पनि सम्पत्ति जफत गर्न माग भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय