dengue

नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

यससँगै भवन बनाउन पाउने बाटो खुलेको छ। न्यायाधीश अब्बुल अजिज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार सो जग्गा दान रोक्का गर्न दायर गरेको रिट खारेज गरेसँगै एमाले र मीनबहादुरबीच जग्गा पास गर्ने बाटो खुलेको हो।

Jhada

कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाइएको थियो।  गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय