dengue

मेडिकल व्यवसायी दुर्गा प्रसाईं छुट्नको लागि भन्दै ४० हजार रुपैयाँ धरौटी बुझाएलगतै पक्राउ परेका छन् ।

साइबर मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंसँग ४० हजार धरौटी माग गरेपछि उनले धरौटी बुझाए पनि फेरि पक्राउ परेका हुन्।

Jhada

प्रसाईंमाथि सङ्गठित अपराध र आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेकोले उनलाई फेरि पक्राउ गर्नुपरेको प्रहरीले जनाएको छ

नेपाल प्रहरीको साइबर ब्युरोले साइबर अपराध कसुरमा प्रसाईंलाई पक्राउ गरेको थियो। उनीमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत धरौटी माग भएको थियो। विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार प्रसाईंमाथि साइबर ब्युरोले अनुसन्धान गरेको थियो। यसमा धरौटीमा छाड्न अदालतले आदेश दिएको थियो।  धरौटी बुझाएपछि रिहा भएका प्रसाईंलाई प्रहरीले पुन: पक्राउ गरेको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रसाईंमाथि भारतमा मानिस राखेर व्यापारीहरूलाई धम्क्याउँदै रकम माग गरेको अभियोगमा पनि अनुसन्धान गरिरहेको छ।

अब प्रसाईंलाई सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ। भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय