चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।
बिहीबार हिमालय एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली स्वेदश फिर्ता भएका हुन्। उनी चढेको जहाज दिउँसो २:४२ बजे काठमाडौँस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण गरेको हो।
प्रधानमन्त्री ओलीका साथमा ८७ जनाको टोली ४ दिन अघि चीन भ्रमणमा गएको थियो। भ्रमणमा नेपाल र चीनबीच बीआरआई कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर भएको छ भने ९ वटा विषयमा साझेदारी गर्न हस्ताक्षर भएको छ।