dengue

स्थानीय तहको उपनिर्वाचनबाट काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदमा निर्वाचित रोजिना श्रेष्ठले  पद तथा गोपनीयताको शपथ लिएकी छन्।

महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले श्रेष्ठलाई आज  शपथ ग्रहण गराएका हुन्। २०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो।

Jhada

२०७९ को स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको ०८० भदौ २१ गते निधन भएपछि रिक्त भएको पदका लागि मंसिर १६ गते उपनिर्वाचन भएको थियो। यस निर्वाचनका लागि २१ हजार २५ मतदाता भएको वडामा १० हजार ३७६ सदर मत थिए। निर्वाचित अध्यक्ष श्रेष्ठ २ हजार ९०२ मत ल्याएर निर्वाचित भएकी हुन्।

रिक्त पदमा पुष्प महर्जनले कार्यवाहक अध्यक्षका रुपमा काम गरिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय