चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङबीच बेइजिङमा भेटवार्ता भएको छ।
दुवै देशका प्रतिनिधिमण्डलका साथ उताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा मंगलबार अपराह्न उनीहरूबीच भेटवार्ता भएको हो। त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्ता भएको थियो। सो भेटपछि सहमति र समझदारीमा हस्ताक्षर भएको थियो।
नेपाल र चीनबीच भएको पहिलो सहमतिमा टोखा-छहरे सुरुङमार्गसम्बन्धी पत्रको आदानप्रदान भएको थियो। सहमतिको दोस्रो बुँदामा नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान भएको छ।
यस्ता छन् नेपाल-चीनबीच भएका सहमति र समझदारी
- टोखा-छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
- नेपाल-चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
- ९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
- भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
- विकास योजनासम्बन्धी समझदारीपत्र
- आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
- नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
- स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
- नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप(सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्र