dengue

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आईतबारका लागि सकिएको छ।

बिहान साढे १० बजेदेखि सुरु भएको बयान नसकिएपछि सोमबार पुन : बयान हुने भएको छ। लामिछानेसँग गत शुक्रबार पनि बयान लिइएको थियो। काठमाडाैँको कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपलचनको केसमा उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको हो। सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते लामिछाने पक्राउ परेपछि पोखरा लगिएको थियो। जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई कास्कीबाट काठमाडौं ल्याइएको थियो। काठमाडौंमा बयान सकिएसँगै उनलाई फेरि कास्की लगिनेछ। त्यसपछि चितवन लैजाने प्रहरीको तयारी छ।

Jhada

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय