प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओली भोलि (सोमबार) चीनको औपचारिक भ्रमणमा जाँदैछन्। त्यसअघि आइतबार अपरान्ह पाँच बजे बस्नेगरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले बताएको छ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।