dengue

सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौँमा लामिछानेको बयान सुरु भएको हो।

Jhada

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम ठगीको अनुसन्धानका लागि उनलाई पोखराबाट बिहीबार काठमाडौँ ल्याइएको थियो। शुक्रबार पनि उनको बयान भएको थियो। शुक्रबार उनको बयान नसकिएकाले आइतबार पनि उनको बयान लिइएको हो।

शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो।

कास्कीको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतले मंसिर २ गते काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा पक्राउ पुर्जी जारी गरेको थियो।

यी सहकारी ठगीको आरोपमा रविका साझेदार छविलाल जोशीलाई काठमाडौँ ल्याएर बयान लिइसकिएको छ।

प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो। उक्त सहकारीबाट गाडी किन्नका लागि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६/४६ लाख रुपैयाँ लिएको भेटिएको थियो।

सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको छ। लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ।

प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ। लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तीमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ।

रविविरुद्ध रुपन्देही र चितवनका जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय