सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्वडीआइजी एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीलाई काठमाडौँ ल्याइएको छ।

जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि कास्की प्रहरीको हिरासतमा रहेका उनलाई मंगलबार बेलुका काठमाडौँ ल्याइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी बसन्त रजौरेका अनुसार उनीमाथि अनुसन्धानको काम बुधबारबाट सुरु हुनेछ। पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत रकम अपचलन गरेको आरोपमा असोज ६ गते जोशी पक्राउ परेका थिए।

यसपछि उनलाई बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा रूपन्देही लगिएको थियो। काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि उनलाई काठमाडौँ ल्याइएको हो।

गोर्खा मिडियामा जीबी राई (अध्यक्ष)सँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जोशी साझेदार थिए। रविलाई पनि काठमाडौँ ल्याउने तयारी छ। यसअघि कुमार रम्तेलसँग काठमाडौँमा बयान लिएर कास्की पठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय