मुख्यसचिव सरहका अधिकृत बैकुण्ठ अर्यालले राजीनामा दिएका छन्।

आइतबार राष्ट्रिय योजनामा आयोगमा हाजिर भएका अर्यालले लगत्तै अर्यालको सचिवालयमा राजीनामा बुझाएका हुन्। उक्त राजीनामापत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मन्त्रिपरिषद् बैठक तथा संवैधानिक निकाय महाशाखामा पठाइको छ।

अर्यालले आइतबार दिउँसो राष्ट्रिय योजना आयोगमा विशेष अधिकृतका रूपमा हाजिर गरेका थिए। भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि सरकारी सेवामा पुनः फर्केका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत कात्तिक २० मा रमाना पठाएको थियो। गत कात्तिक १४ मा सफाइ पाएका उनले २० कात्तिकको निर्णयअनुसार आयोगमा हाजिर गरेका थिए।

अर्यालमाथि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको आरोपमा गत असार ९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। विशेष अदालतले सफाइ दिएपछि भने उनको निलम्बन फुकुवा भएको थियो।मुख्यसचिव रहेको अवस्थामा नै उनी निलम्बनमा परेका थिए। तर मुद्दामा सफाइ पाएको समयमा सरकारले अर्कै मुख्यसचिव नियुक्त गरेकाले उनी पूर्ववत् जिम्मेवारीमा फर्कन पाएनन्। मुख्यसचिवको जिम्मेवारीमा फर्कन नपाएका अर्यालले राजीनामा दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय