दीपक मनाङे ऊर्फ राजीव गुरुङ जेल चलान भएका छन्।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य मनाङे मंगलबार डिल्लीबजार कारागार चलान भएका हुन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मंगलबार बिहान  प्रहरीले पक्राउ काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरेको हो।

मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौंमा पेस गरेको थियो।

ज्यान मार्ने उद्योग मुद्दामा उनी कात्तिक २० गते सर्वोच्च अदालतबाट दोषी ठहर भएका थिए। मनाङेलाई २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो।

तर, उनी उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च गएका थिए। न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेपछि उनी जेल चलान भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय