राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ।

कास्की प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज भैरहवा लगिएको हाे। सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा पक्राउ परेका उनलाई मंगलबार कास्कीको पोखराबाट भैरहवा लगिएको हो।

पोखराको सुर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको वचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा लगिएको हो। कात्तिक ८ गते रुपन्देही जिल्ला अदालतले लामिछानेसहितका १२ जना आरोपीलाई पक्राउ पूर्जी जारी गरेको थियो।

विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। विमानस्थलभित्र प्रवेश गर्न कसैलाई दिइएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय