प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले विभिन्न तीन निर्णय गरेको छ।

माओवादी केन्द्रले मंसिर १६ मा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचन एक्लै लड्ने निर्णय गरेको छ। तर आवश्यकताअनुसार केही स्थानमा भने विपक्षी मोर्चामा रहेका केही दलसँग तालमेल सकिने ढोका भने खुलै राखिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले तीन महत्वपूर्ण निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

यस्तै माओवादी केन्द्रले आगामी पुस २ का लागि केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकको तयारीका लागि मंसिर ३ गते फेरि स्थायी कमिटी बैठक बोलाइएको छ।

यसैगरी मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने पनि बैठकले निर्णय गरेको छ। साथै गत कात्तिक १० मा सुरु गरिएको सरकारविरुद्धको खबरदारी सभालाई पनि माओवादी केन्द्रले पालिका स्तरमा निरन्तरता दिने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय